दफा ४१
वागनको एक्सल वजन निर्धारण गर्न सक्ने
(१) बोर्डले वागनको अधिकतम एक्सल वजन निर्धारण गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम निर्धारित अधिकतम एक्सल वजनभन्दा-बढी हुने गरी बोर्डले कुनै मालसामान रेलमा राखी ढुवानी गर्नु हुँदैन।